जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण र पुनःनिर्माणका लागि कार्यविधि तयार गरिने – Kanika Khabar
Sunday, April 20Nepali News Portal

जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण र पुनःनिर्माणका लागि कार्यविधि तयार गरिने

    मा प्रकाशित

कनिका खबर
असोज २, काठमाडौं
सरकारले बाढी पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण र पुनःनिर्माणका लागि १० दिनभित्र कार्यविधि तयार गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको विशेष बैठकले बाढी, पहिरोले क्षति गरेका र उच्च जोखिममा रहेका बस्तीहरुको पुनःस्थापना गर्न कार्यविधि बनाउने निर्णय गरेको हो । सिन्धुपाल्चोक, कालीकोट, बागलुङ, म्याग्दी, लगायतका जिल्लामा बाढी पहिरोले ठूलो जनधनको क्षति भएपछि उच्च जोखिममा रहेका बस्तीहरू स्थानान्तरण गर्ने विषयमा हिजो छलफल भएको छलफलमा सहभागी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले सीआईएनसँग बताउनुभयो । भूकम्पपछिको पुनःनिर्माणको अनुभवलाई आधार मान्दै बस्ती व्यवस्थापनका लागि आर्थिक स्रोत जुटाउने, दिगो कसरी बनाउने भन्ने विषयमा छलफल भएको उहाँले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्