नुवाकोटमा ६ महिनापछि सबै क्षेत्र सुचारु – Kanika Khabar
Sunday, March 15Nepali News Portal

नुवाकोटमा ६ महिनापछि सबै क्षेत्र सुचारु

    मा प्रकाशित

कनिका खबर
असोज २, नुवाकोट
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसका कारण नुवाकोटमा ६ महिनापछि सवै क्षेत्र सुचारु भएको छ । नुवाकोटभित्र सार्वजनिक यातायातका साधन, होटेल तथा रेष्टुरेन्टहरु हिजो देखि पुर्ववत सञ्चालनमा आएको छ । जिल्ला प्रशासनको कार्यालय नुवाकोटले जारी गरेको सूचना अनुसार सार्वजनिक यातायातमा चालकसहित सिट क्षमताको वढीमा ५० प्रतिशत यात्रु तथा एकतर्फको सिटमा सामाजिक दुरी कायम हुने गरी १ जना मात्रै राख्ने गरी सवारी साधन सञ्चालन ल्याइने निर्णय गरेको हो । ट्याक्सीमा चालक बाहेक बढीमा २ जनासम्म र परिवारभित्रका ५ बर्षसम्मका बालबालिका मात्र सवार हुन तथा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले निर्देशन दिनुभएको छ । यातायातका साधनमा यात्रु चढ्ने समयमा सवारी साधनको ढोकामा र सवारी साधनभित्र स्यानिटाइजरको व्यवस्था गर्न, चालक र सहचालकले समेत अनिवार्य रुपमा मास्क, भाइजर र पञ्जा लगाउन तथा सवारी साधनलाई दैनिक निसंक्रमित गर्न प्रजिअ ढकालले निर्देशन दिनुभएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्