राखेपका ४ कर्मचारीको जिम्मेवारी हेरफेर – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

राखेपका ४ कर्मचारीको जिम्मेवारी हेरफेर

    मा प्रकाशित

कनिका खबर
असोज २, दाङ
राष्ट्रिय खेलकुद परिषद् राखेपमा कार्यरत ४ कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ । भदौ ३१ गतेको निर्णयानुसार राखेप सदस्य सचिव रमेशकुमार सिलवालले ४ कर्मचारीको जिम्मेवारी हेरफेर गरेका हुन् । आपूर्ति तथा भण्डार शाखाका प्रमुख वज्र केसीलाई विद्यालय खेलकुद विकास विभागको जिम्मेवारी दिइएको छ । सुजन खतिवडालाई भण्डार शाखा प्रमुखको जिम्मेवारी दिइएको छ । उहाँ यसअघि पनि भण्डार शाखामै हुनुहुन्थ्यो । इन्द्रबहादुर कार्की संघ संस्था समन्वय शाखा प्रमुख बन्नुभएको छ । कार्की १३ औं दक्षिण एसियाली खेलकुद तयारी सचिववलयमा हुनुहुन्थ्यो । उक्त शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ गत भदौमा अनिवार्य अवकाश भएपछि प्रमुखको पद रिक्त थियो । त्यस्तै शारदा दाहालले सामान्य प्रशासन शाखाको प्रमुखको जिम्मेवारी पाउनुभएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्