कनिका खबर
असोज २, दाङ ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रले ब्रह्मकुमारी ईश्वरिय विश्वविद्यालयले घोराहीमा निर्माण गरिरहेको आध्यात्मीक पुनर्जागरण केन्द्रका लागि १ लाख २५ हजार ५ सय ५ रुपैया आर्थिक सहयोग गरेको छ ।
संस्थाका संस्थापक अध्यक्ष विमला योगी र अध्यक्ष कल्पना न्यौपानेले ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय राप्ती क्षेत्रका प्रमुख गीता न्यौपानेलाई सो रकमको चेक प्रदान गरेका हुन् ।
केन्द्रले विगत लामो समयदेखि सामाजिक कार्यमा आफूलाई सक्रिय राख्दै आएको छ । सामाजिक सेवा भाव तथा परोपकारको क्षेत्रमा आफूलाई उभ्याउँदै आएको केन्द्रले ब्रह्मकुमारी ईश्वरिय विश्वविद्यालयले घोराहीमा निर्माण गरिरहेको आध्यात्मीक पुनर्जागरण केन्द्रका लागि सहयोग गरेको बताएको छ ।