कनिका खबर
असोज २, भोजपुर ।
भोजपुरमा ड्युटीमा रहेका प्रहरी हवल्दारमाथि ढुङ्गा प्रहार गर्ने एक युवक पक्राउ परेका छन् । जिल्लाको पौवादुङमा–५ स्थित अँधेरीघाटमा ड्युटीमा खटिएका प्रहरी हवल्दार कुमार कट्वाललाई ढुङ्गाप्रहार गरेको आरोपमा सोहीगाउँपालिका–५ लुगुवा बस्ने २६ वर्षीय संगीन राईलाई प्रहरीले पक्राउ गरेको हो । घाइते प्रहरी हवल्दारको विराट मेडिकल कलेज विराटनगर मोरङमाउपचार भईरहेको जिल्लाप्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
ढुङ्गा प्रहारबाट घाइते हवल्दारको टाउकोमा ६ टाँका लगाइएको भोजपुरका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । मादक पदार्थ सेवन गरी धरानबाट स्कुटर लिएर आउँदै गरेका राईले रातको समयमा नाकाबाट प्रवेश गर्ने विषयलाई लिएर प्रहरी हवल्दारलाई ढुङगा प्रहार गरेको बताइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मा प्रकाशित