धितोपत्र र बीमा कसुरमा फरार चार जना पक्राउ – Kanika Khabar
Wednesday, August 26Nepali News Portal

धितोपत्र र बीमा कसुरमा फरार चार जना पक्राउ

    मा प्रकाशित

काठमाडौं । धितोपत्र सम्बन्धी ऐन, २०६३ र बीमा ऐन, २०७९ अन्तर्गतका कसुरमा संलग्न रही फरार रहेका चार जनालाई पक्राउ गरिएको छ ।

नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा अनुसन्धान गर्दै आएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूलाई भदौ ८ गते पक्राउ गरी काठमाडौं जिल्ला अदालत, बबरमहलमा पेस गरेको जनाएको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ बस्ने हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका लगानी सदस्य ४२ वर्षीय सुभाष पौडेल, ललितपुरका क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडकी सञ्चालक सदस्य ४१ वर्षीया सुनिता महर्जन रहेका छन्।

त्यस्तै, नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका सञ्चालक सदस्य काठमाडौं महानगरपालिका–१६ का ४५ वर्षीय अनुप मालाकार र काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–८ स्थायी ठेगाना भएकी ३९ वर्षीया सुनिता श्रेष्ठ पनि पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पौडेल र महर्जन धितोपत्रसम्बन्धी कसुरमा तथा पौडेल, मालाकार र श्रेष्ठ बीमा सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा अनुसन्धान भइरहेको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्