तेह्रथुममा धारिलो हत्यार प्रहार गरी दुई जनाको हत्या – Kanika Khabar
Tuesday, January 14Nepali News Portal

तेह्रथुममा धारिलो हत्यार प्रहार गरी दुई जनाको हत्या

    मा प्रकाशित

 इन्द्र नेपाली

बैशाख २५, तेह्रथुम

तेह्रथुमको फेदाप गाउँ पालिका ५ साबिक इसिबु एक सिङ्गला टोलका एक युवाले धारिलो हत्या प्रहार गरी दुई जनाको हत्या गरेका छ्न।

बिहीबार साँझ ५:३० तिर अन्दाजी वर्ष २०को कन्चन लिम्बूले आफ्नै बाबू अन्दाजी वर्ष ४२को रुप बहादुर लिम्बु र सौतेनी आमा अन्दाजी वर्ष ३५ को रुपेनी लिम्बूको धारिलो हत्यार प्रहार गरी हत्या गरेका हुन् ।

दुबै जनाको हत्या लगतै फरार भएका लिम्बूलाई प्रहरी चौकी सम्दु र प्रहरी चौकी पोक्लाबाङ्गकाे संयुक्त टोली र स्थानीयवासीले इसिबुको देउराली भन्ने स्थानबाट नियन्त्रणमा लिएका हुन् ।

घटनास्थलमा प्रहरी पुगी घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक तेज बहादुर दाहालले जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्