भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या साढे ५३ लाख नाघ्यो – Kanika Khabar
Tuesday, August 18Nepali News Portal

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या साढे ५३ लाख नाघ्यो

    मा प्रकाशित

कनिका खबर
असोज ३, दाङ ।
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या साढे ५३ लाख नाघेको छ । दैनिक सङ्क्रमित सङ्ख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ९२ हजारभन्दा बढीमा सङ्क्रमण देखिएको छ । हिजो भारतमा ९२ हजार ७८९ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ५३ लाख ५ हजार ४ सय ५७ पुगेको छ ।सङ्क्रमितमध्ये अहिलेसम्म ४२ लाख ५ हजार २ सय १ जना सङ्क्रमणमुक्त भएका छन् भने १० लाख १४ हजार ६ सय ४९ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या ८५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १हजार २ सय २१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ८५ हजार ६२५ पुगेको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्