प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची – Kanika Khabar
Wednesday, August 26Nepali News Portal

प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची

    मा प्रकाशित

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । सङ्घीय संसद सचिवालयका अनुसार आज दिउसो १ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्दैछ ।

आजको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अन्तर्गत प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा नियमावली, २०८३ को परिच्छेद- ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने कार्यसुची रहेको छ ।

त्यस्तै, आज प्रधानमन्त्री बालेन्द्र शाहले ‘मुस्लिम आयोगको सातौं वार्षिक प्रतिवेदन आ.व. २०८१/०८२’ पेस गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी, उर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ‘नेपाल भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ पेस गर्ने कार्यसूची रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्