धातुको सिक्कालाई बहुमुल्य धातु भन्दै डेढ लाख ठगी गर्ने दुई जना पक्राउ – Kanika Khabar
Monday, July 27Nepali News Portal

धातुको सिक्कालाई बहुमुल्य धातु भन्दै डेढ लाख ठगी गर्ने दुई जना पक्राउ

    मा प्रकाशित

कनिका खबर
असोज ३, लम्जुङ
लमजुङ प्रहरीले धातुको सिक्कालाई बहुमुल्य धातु भन्दै डेढ लाख ठगी गर्नेलाई पक्राउ गरेको छ । प्रहरीले मस्र्याङ्दी गाउँपालिका घर भएका वर्ष ३६ का विजय लामा र स्याङजा जिल्ला पुतलीबजार नगरपालिका घर भएका वर्ष २८ का उत्तम थापालाई पक्राउ गरेको हो । उनीहरूले मस्र्याङ्दी गाउँपालिका १ घरपोखराका वर्ष ५६ की विष्णुमायाँ गुरुङसँग बहुमुल्य धातु हो भनी सिक्का देखाइ विभिन्न प्रलोभनमा पारी डेढ लाख लिएका थिए । पिडितले प्रहरीमा उजुरी दिए पछि उनीहरुलाई पक्राउ गरीएको हो । उक्त सिक्का बहुमुल्य बस्तु भएकाले आफैले दुई लाखमा बिक्री गरी दिन्छौं भनी पिडितलाई विभिन्न किसिमका प्रलोभन देखाएर डेढ लाख लिएको पिडित विष्णुमायाँ गुरुङले बताउनुभयो । सोही उजुरीका आधारमा लामा र थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी गंगाबहादुर थापाले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्