मञ्चलाई एक हजार मास्क सहयोग – Kanika Khabar
Saturday, June 6Nepali News Portal

मञ्चलाई एक हजार मास्क सहयोग

    मा प्रकाशित

दाङ,३ असोज ।

नेपाली कांग्रेस साविक धर्ना ईकाई कार्यसमितिले वीपी कोइराला युवा नेतृत्व विकास मञ्च क्षेत्र नं. २ लाई एक हजार सर्जिकल मास्क सहयोग गरेको छ ।

कोरोना संक्रमण जोखिमको समयमा मञ्चले थालेको निशुल्क मास्क वितरण अभियानलाई सहयोग पु¥याउने उद्देश्यले एक हजार मास्क सहयोग गरेको इकाई सभापति समेत रहेका घोराही उपमहानगरपालिका वडा नं. ५ का अध्यक्ष बिष्णुमणि दाहालले जानकारी दिएका छन्।

दाहालले शनिवार मञ्चका क्षेत्रीय अध्यक्ष उत्तम बुढाथोकी, मञ्चका जिल्ला अध्यक्ष सरोज शाहलाई हस्तान्तरण गरेका थिए । मञ्चले जिल्लमा विपन्न परिवारलाई मास्क सहयोग गर्ने उद्देश्यले मास्क बैंक स्थापना गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्