दीप प्रज्वलन गरेर सिसहनियाँ उद्योग वाणिज्य संघले संविधान दिवस मनायो – Kanika Khabar
Sunday, July 19Nepali News Portal

दीप प्रज्वलन गरेर सिसहनियाँ उद्योग वाणिज्य संघले संविधान दिवस मनायो

    मा प्रकाशित

ओमप्रकाश गुप्ता
सिसहनियाँ ४ असोज ।
दीप प्रज्वलन गरेर सिसहनियाँ उद्योग वाणिज्य संघले संविधान दिवस मनाएको छ । उद्योग वाणिज्य संघले हिजो शनिबार सिसहनियाँ बजारमा दिप प्रज्ज्वलन गरेर छैटौ संविधान दिवस मनाइएको हो ।
संघका अध्यक्ष शान्तराज भण्डारीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका प्रवक्ता तथा ७ नम्बर वडा अध्यक्ष विद्याशरण चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष चौधरीले संविधानको मर्म अनुसार गाउँ गाउँमा सिंहदरवार आएको वताउँदै जनताको जीवनस्तर सहज वन्दै गएको बताएका थिए । उनले संविधान दिवस सबैको दिवस भएको भन्दै नेपाली जनताको लामो समय देखिको त्याग र तपस्याबाट सम्भव भएको वताए । संघका उपाध्यक्ष युवराज सेन ठकुरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सिसहनियाँ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पुर्णबहादुर बुढाथोकी, राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका उपाध्यक्ष मनु बेल्वासे, प्रहरी चौकी सिसहनियाँका प्रमुख गोपालकुमार मल्ल, विहानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवप्रसाद चौधरी, पत्रकार जमिर शाहा र समाजसेवी तथा बुद्धिजिवी पुर्ण केसी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संघका महासचिव ईश्वरीप्रसाद अधिकारीले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्