काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।
मंगलबार साँझ अचानक तीव्र चक्कर लाग्नुका साथै वान्ता भएपछि उनलाई उपचारका लागि काठमाडौँको टोखास्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जानकारी दिएको छ ।
उपचारमा संलग्न चिकित्सकहरूका अनुसार डा. भट्टराईमा भित्री कानसँग सम्बन्धित सामान्य तर असहज समस्या बेनाइन प्यारोक्सिज्मल पोजिसनल भर्टिगो (बीपीपीभी) को लक्षण देखिएको छ ।
चिकित्सकहरूले आवश्यक स्वास्थ्य परीक्षण गरेकामा अन्य सबै परीक्षणको प्रतिवेदन सामान्य आएको जनाएका छन् । हाल उनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको र चिकित्सकहरूको निगरानीमा उपचार जारी रहेको अस्पतालले जनाएको सचिवालयले उल्लेख गरेको छ ।


