प्युठानमा कबुलियति वन जीविकोपार्जनको माध्यम बन्दै – Kanika Khabar
Sunday, July 19Nepali News Portal

प्युठानमा कबुलियति वन जीविकोपार्जनको माध्यम बन्दै

    मा प्रकाशित

कनिका खबर
असोज ४, प्यूठान
कबुलियति बन कार्यक्रम लागु भएपछि प्युठानका उजाड पाखाहरु आम्दानीको स्रोत बनेका छन् । विपन्न परिवारलाई निश्चित वर्षका लागि दिईने कवुलियति बनमा विभिन्न जडिबुटीका साथै, अम्रिसो टिमुर लगायतको खेति गरिएको छ । प्युठानमा कबुलियति वन जीविकोपार्जनको माध्यम बन्दै गएको छ । जिल्लामा २०५८ सालबाट कबुलियती वन कार्यक्रम शुरु भएपछि केहि वर्ष अघिसम्म वनमाराले भरिएका डाँडामा अहिले अम्रिसो, टिमुर, तेजपात लगायत जडिबुटी खेति गरिएको ऐरावती गाउँपालिका ५, पकला स्थित तालपोखरा कबुलियती वनका उपभोक्ता मुमबहादुर गुरुङ्गले जानकारी दिनुभयो । प्यूठानको ८०६.७६ हेक्टर वन क्षेत्र कवुलियती वनको रुपमा विकास भएको छ । जसबाट १ हजार ७ सय ३९ घरधुरीका १० हजार ७ सय ६ जना उपभोक्ता प्रत्यक्ष लाभान्वित भएका छन् । कवुलियती वनसँगै जिल्लाका केही स्थानमा समुहले कबुलियती सहकारी समेत स्थापना गरेका छन् । यसरी समुह मार्फत खोलिएको सहकारीले केहि पेशा गर्न चाहानेहरुको लागि ऋण दिने ब्यवस्था समेत गरेको तालपोखरा कबुलियती वन, बहुउद्धेश्य सहकारी संस्थाका व्यवस्थापक हिमन्ता गुरुङ्गले जानकारी दिनुभयो । डिभिजन वन कार्यालयले गरिव, निमुखा तथा आर्थिक अवस्था कमजोर भएका ब्यक्तिको जीवनस्तर माथि उकास्न यस वर्ष ५ लाख ६१ हजार रुपैयाँ बराबरको ३३ हजार कागतीका बिरुवा समेत वितरण गरेको छ । सामुदायिक वनलाई टुक्रएर जनतालाई कबुलियति वन हस्तान्तरण गरेपछि स्थानीयले कबुलियती वनमा लगाएको अम्रिसो बिरुवा र कुचो बिक्रीबाट वार्षिक ५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । बोट विरुवा नभएका डाँडा पाखालाई कबुलियति वन मार्फत उत्पादनमुखी काममा जोड्दा वन संरक्षणका हुनुका साथै गरिबीको रेखामुनि रहेका परिवारलाई आर्थिक अवस्था उकास्न समेत टेवा पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्