बेलायतमा कोरोनाको दोस्रो लहर – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

बेलायतमा कोरोनाको दोस्रो लहर

    मा प्रकाशित

कनिका खबर
असोज ४, दाङ
कोरोना भाइरस (कोभिड-१९) बाट युरोपमा सबैभन्दा बढी प्रभावित बेलायतमा दोस्रो लहर सुरु भएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा भाइरसको दोस्रो लहर आइसकेको बताउँदै सरकारले थप कडाइ गर्न विचार गरिरहेको बताउनुभएको छ । प्रधानमन्त्री जोन्सनले सङ्क्रमण रोक्नका लागि अलिक कडा खालका प्रतिबन्ध लगाउनुपर्ने अवस्था आउन सक्ने पनि बताउनुभएको छ । सङ्क्रमण नियन्त्रणका लागि सरकारले अघिल्लो सोमबारदेखि ६ जनाभन्दा बढीको जमघटमा प्रतिबन्ध लगाएको छ । अघिल्लो दिन स्वास्थ्यमन्त्री म्याट हयानककले राष्ट्रव्यापी लकडाउन गर्ने सरकारको चाहना नभए पनि आवश्यक परे उक्त विकल्पका लागि पनि तयार रहनुपर्ने बताउनुभएको थियो । यसअघि बेलायत सरकारद्वारा गठित एउटा वैज्ञानिक समितिले बेलायतमा आउँदो जाडोयाममा कोरोना भाइरसका कारण हजारौंको ज्यान जान सक्ने चेतावनी दिइसकेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्