आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्सको विजयी सुरुवात, आज दिल्ली र पञ्जाब खेल्ने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्सको विजयी सुरुवात, आज दिल्ली र पञ्जाब खेल्ने

    मा प्रकाशित

कनिका खबर
असोज ४, दाङ
साविक उपविजेता चेन्नई सुपर किङ्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ । युएईको अबुधाबीमा हिजो भएको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले सुखद सुरुवात गरेको हो । शेख जायद स्टेडियममा मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य चेन्नईले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । चेन्नईको जितमा अम्बाती रायाडुले ७१ रनको अर्धशतकीय इनिङ्स खेल्नुभएको थियो । यस्तै फाप डु प्लेसिसले अविजित रहदै ५५ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । मुम्बईका लागि सौरभ तिवारीले ४२ रन बनाउदा क्विनटन डी ककले ३३ रन बनाउनुभयो । जितसँगै चेन्नईले मुम्बईसँग गत वर्षको फाइनलमा व्यहोरेको हारको बदला लिएको छ । आज नेपाली स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्स र किङ्स इलेभेन पञ्जाबबीच प्रतिस्पर्धा हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्