आज कोजाग्रत पूर्णिमा, दसैँ पर्व समापन हुँदै – Kanika Khabar
Sunday, October 25Nepali News Portal

आज कोजाग्रत पूर्णिमा, दसैँ पर्व समापन हुँदै

    मा प्रकाशित

काठमाडौं । आज आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा मनाइँदैछ । यो दिनसँगै नेपालीको महान् पर्व दसैँ औपचारिक रूपमा समापन हुन्छ ।

टिकाको दिनदेखि आज पुर्णिमासम्म आफन्त र मान्यजनसँग टीका लगाएर दशैं मनाउने गरिन्छ । धेरै जसोले भने दशमीको दिन मात्र टीका लगाउने गर्दछन् ।

कोजाग्रतको अर्थ जागा रहने भन्ने हो । यस दिन धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने परम्परा छ । धार्मिक विश्वासअनुसार, कोजाग्रत पूर्णिमाको रात देवी लक्ष्मीले पृथ्वीमा भ्रमण गरी जागा रहेका भक्तजनलाई धन, सुख र समृद्धिको आशीर्वाद दिन्छिन् ।

दसैँमा घटस्थापनादेखि नवदुर्गाको पूजा, विजयादशमीमा मान्यजनबाट टीका र जमरा ग्रहण तथा आशीर्वाद लिने परम्परा रहिआएको छ। कोजाग्रत पूर्णिमासँगै दसैँको टीका लगाउने क्रम पनि समाप्त हुने मान्यता छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्