मदन पुरस्कार ‘महारानी’ उपन्यासलाई – Kanika Khabar
Wednesday, August 26Nepali News Portal

मदन पुरस्कार ‘महारानी’ उपन्यासलाई

    मा प्रकाशित

कनिका खबर
असोज ४, दाङ ।
वर्ष २०७६ को मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको ‘महारानी’ उपन्यालाई प्रदान गरिनेभएको छ । बानियाँ पूर्व सांसद पनि हुन् ।

२०७६ सालमा प्रकाशित भएका पुस्तकहरू मध्ये १५१ पुस्तक गुठीमा दर्ता भएका थिए । तीमध्ये ७ वा पुस्तक ‘मदन पुरस्कार सूची २०७६’ का रुपमा छनोटमा परेका थिए ।

‘महारानी’का साथै विमल निभाको कविता संग्रह जोकरको बन्दुक, तीर्थ श्रेष्ठको कविता संग्रह धर्सैधर्साको चक्रव्यूह, भुवन ढुंगानाको उपन्यास परित्यक्ता, योगी धर्ममहारसको आयुर्वेदसम्बन्धी पुस्तक महारसनिघण्टु ९१–३०, ललित विष्टको कथा संग्रह मोहपथ र शारदा शर्माको कविता संग्रह यात्रामा नामको गरी ७ पुस्तक छनोट सूचीमा परेका थिए ।

२०७६ सालको जगदम्बा–श्री पुरस्कार शान्ति ठटाललाई प्रदान गरिने भएको छ ।

६ दशकदेखि संगीत क्षेत्रको उन्नयनमा विशेष योगदान पुर्‍याएका भन्दै ठटाललाई पुरस्कृत गर्न लागेको मदन पुरस्कार गुठीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्