भारतमा दैनिक ९० हजार बढिको सङ्क्रमण – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

भारतमा दैनिक ९० हजार बढिको सङ्क्रमण

    मा प्रकाशित

एजेन्सी

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या दैनिक ९० हजार भन्दा बढि पुगेको छ । पछिल्लो २४ घण्टामा ९२ हजार ६ सय ५ जनामा छ । योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या ५४ लाखभन्दा बढी छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले एक हजार १ सय ३३ जनाको मृत्यु भएको जनाएको छ । भारतमा सङ्क्रमित मध्ये अहिले पनि दश लाख १० हजार ८२४ जना सङ्क्रमित अवस्थामै रहेका छन् । भारतमा सङ्क्रमित मध्ये ४३ लाख ३ हजार ४४ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल ५४ लाख ६२० जना सङ्क्रमित भएका हुन् । प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा सङ्क्रमित भएका छन् । महाराष्ट्रमा अहिले पनि तीन लाख एक हजार २७३ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने कर्नाटकमा एक लाख एक हजार १४८ जना सक्रिय सङ्क्रमितहरु छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्