हुम्ला आउन अब पीसीआर रिर्पोट अनिवार्य, हेलिकोप्टर उडानमा प्रतिबन्ध – Kanika Khabar
Tuesday, June 9Nepali News Portal

हुम्ला आउन अब पीसीआर रिर्पोट अनिवार्य, हेलिकोप्टर उडानमा प्रतिबन्ध

    मा प्रकाशित

कनिका खबर
असोज ५, हुम्ला
हुम्लामा पहिलो पटक जिल्लामा कोरोना सङ्क्रमण पुष्टी भएपछि हुम्ला आउन अब पिसिआर रिर्पोट अनिवार्य देखाउनु पर्ने छ । कोरोना सङ्क्रमण पुष्टी भएपछि आपतकालिन रुपमा बसेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बैठकले जिल्ला बाहिरबाट आउने जुनसुकै यात्रुलाई पनि पिसिआर रिर्पोट अनिवार्य आवश्यक पर्ने निर्णय गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालको अध्यक्षतामा हिजो बसेको बैठकले जिल्ला बाहिरका कुनैपनि स्थानबाट आउनु परेमा आरटी पिसिआर परिक्षण रिर्पोट अनिवार्य पेस गर्नुपर्ने निर्णय गरेको छ । शनिबार बाँकेको नेपालगञ्जबाट समिट एयरबाट सिमकोट हुँदै माउन्टेन्ट एयरको हेलिकोप्टरबाट सर्केघाड गाउँपालिका पुगेकी २१ वर्षिय किशोरीमा कोरोना संक्रमण पुष्टी भएपछि यस्तो निर्णय गरिएको केन्द्रका अध्यक्ष समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी हमालले जानकारी दिनुभयो । बैठकले गएको भदौं २९ गते नेपाल सरकारको मन्त्रीपरिषद् बैठकले गरेका निर्णयका बारेमा जानकारी दिने र उत्तरको छिमेकी देश चीनल प्रदान गरेका स्वास्थ्य सामाग्रीको ढुवानी गर्न केन्द्रको नाममा रहेको रकम खर्च गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी हमालले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्