त्रिपुरासुन्दरी गाउँपालिका भित्रका विद्यालयहरू सञ्चालनमा आउने – Kanika Khabar
Saturday, April 20Nepali News Portal

त्रिपुरासुन्दरी गाउँपालिका भित्रका विद्यालयहरू सञ्चालनमा आउने

    मा प्रकाशित

कनिका खबर
असोज ५, सिन्धुपाल्चोक
लामो समयदेखि बन्द रहेका सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका भित्रका विद्यालयहरू सञ्चालनमा आउने भएका छन् । गाउँपालिकाले यहि मंगलबारभित्र सबै वडामा रहेका विद्यालय खोल्ने तयारी गरेको अध्यक्ष भुपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर त्रिपुरासुन्दरी गाउँपालिकाले विद्यालय सञ्चालनमा ल्याउने तयारी थालेको हो । अभिभावक संग भेटघाट र छलफल पछि अहिले १ र २ नम्बर वडा भित्र रहेका विद्यालयमा पठनपाठन सुरु भईसकेको छ । पालिका क्षेत्रमा कोरोना भाइरसको संक्रमणको जोखिम कम हुँदै गएको र लामो समयदेखि विद्यालय बन्द रहेकाले विद्यालय खोल्ने तयारी भएको पालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीमा नकारात्मक असर परेकाले विद्यालय सञ्चालनको तयारी भएको उहाँले बताउनुभयो । शिक्षण सिकाइलाई सहज बनाउनका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय खोल्ने निर्णय भएको हो । सरोकारवालाहरूको बैठकले विद्यालय कोभिड–१९ बाट बच्नका लागि आवश्यक सतर्कता अपनाएर विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार गाउँपालिकाका सबै विद्यालयमा नियमित पठनपाठन गर्न आग्रह गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रतिमा पौडेलले जानकारी दिनुभयो । अहिले त्रिपुरासुन्दरी गाउँपालिका भित्र ६ वटा मा.वि, ८ कक्षा सम्म पठनपाठन हुने ५ वटा र आधारभुत तहका १८ वटा विद्यालय संचालनमा छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्