आज २४ घण्टामा एक हजार एक सय ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि – Kanika Khabar
Saturday, June 14Nepali News Portal

आज २४ घण्टामा एक हजार एक सय ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
असोज ५, काठमाडौं

नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ६५ हजार दुई सय ७६ पुगेको छ ।

गएको २४ घण्टामा एक हजार एक सय ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार एक सय ५४ जनामा सङ्क्रमण देखिएको हो । गएको २४ घण्टामा एक हजार पाँच जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ४७ हजार २३८ पुगेको छ ।

अब नेपालमा १७ हजार ६११ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा छन् । यस्तै सात हजार चार सय तीन जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा १६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४२७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्