सडक निर्माणका लागि आएको रकम किर्ते हस्ताक्षर गरी अनियमितता – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

सडक निर्माणका लागि आएको रकम किर्ते हस्ताक्षर गरी अनियमितता

    मा प्रकाशित

कनिका खबर
असोज ५, मुगु
छायानाथ रारा नगरपालिका वडा नम्बर १४ मा कच्ची सडक निर्माणका लागि आएको बजेट उपभोक्ता समितिले किर्ते हस्ताक्षर गरी लाखौँ रकम अनियमितता गरेको स्थानीयबासीले आरोप लगाएका छन् । प्रदेश सरकार र जनश्रमदान गरी जम्मा ३६ लाख रुपैयाँ बरावरको रकम उपभोक्ता समितिले किर्तै हस्ताक्षर गरि रकम हिनामिना गरेको छायानाथ रारा नगरपालिका वडा नं १४ बामका स्थानीय रामराज बुढाले बताउनु भयो । दक्ष ज्यामि खर्च ९ लाख ६९ हजार , ज्यामी साधारण खर्च रु २६ लाख ३१ हजार, सूचना बोर्डमा ५ हजार ५ सय र छापमा ५ सय रुपैयाँ गरी जम्मा ३६ लाख ६० हजार रकम हिनामिना भएको स्थानीयको भनाइ छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्