वेवारिसे अवस्थामा उद्धार गरिएकी महिलाको स्वास्थ्यमा सुधार – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

वेवारिसे अवस्थामा उद्धार गरिएकी महिलाको स्वास्थ्यमा सुधार

    मा प्रकाशित

कनिका खबर
असोज ५, जुम्ला
वेवारिसे अवस्थामा उद्धार गरिएकी जुम्ला सिञ्जाकी एक महिलाको स्वास्थ्यमा सुधार आएको छ । सामाजिक विकास मन्त्रालय सुुुुुर्खेत र मानव सेवा आश्रमले उद्धार गरेर एक बर्षदेखि संरक्षणमा रहेकी ती महिलाको स्वास्थ्य अवस्था सुध्रिएपछि घर जान खोजिरहेकी सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीले जानकारी दिनुभयो । जुम्ला सिञ्जा मात्रै भन्ने तर गाउँ भन्न नसक्ने ती महिलाको डोईला क्षेत्री नाम रहेको पत्ता लागेको छ । उहाँसँग अहिले दुई छोरी साथमा छन् । घर जान चाहिरहनु भएकाले गाउँ पत्ता नलागेको उहाँले थप्नुभयो । २०७६ भाद्रमा सुर्खेतको बराहतालबाट उद्धार गरि मानव सेवा आश्रम सुर्खेतमा सामाजिक विकास मन्त्रालय, मानव सेवा आश्रमले संरक्षण गरी राखेर अहिले सन्चो हुनु भएको ज्ञवालीले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्