अनसनरत अबस्थामै डा. गोविन्द के.सी. आज काठमाडौँ फर्कदै – Kanika Khabar
Saturday, June 14Nepali News Portal

अनसनरत अबस्थामै डा. गोविन्द के.सी. आज काठमाडौँ फर्कदै

    मा प्रकाशित

कनिका खबर
असोज ६, दाङ ।
अनसनरत अवस्थामै डा. गोविन्द के.सी. आज काठमाडौँ फर्कदै छन् ।
मेडिकल शिक्षाका विभिन्न माग राख्दै नौ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसी आज मंगलबार काठमाडौँ फर्कन लागेका हुन् । डा. केसी काठमाडौँ फर्कनका लागि सोमबार नै नेपालगञ्जको भेरी अस्पतालमा आइपुगेका थिए ।

डा केसी काठमाडौँ लागि पनि सत्याग्रहलाई भने निरन्तरता दिने बताएका छन् । डा केसीले आफ्ना मागहरु पूरा गर्न सरकारले कुनै प्रयास वा पहल नगरेको गुनासो गरेका छन् ।
डाक्टर केसीका समर्थकहरुले डा केसीको जीवनरक्षाको माग गर्दै आज साँझ ५ बजे माइतीघर मण्डलामा सयजना जम्मा भएर सय मिनेट अनशन बस्ने घोषणा समेत गरिसकेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्