नतिजामुखी कार्यसम्पादनमा जोडदिदै महिला, बालबालिका मन्त्रालयका सचिव–सहसचिवसँग सम्झौता – Kanika Khabar
Wednesday, September 23Nepali News Portal

नतिजामुखी कार्यसम्पादनमा जोडदिदै महिला, बालबालिका मन्त्रालयका सचिव–सहसचिवसँग सम्झौता

    मा प्रकाशित

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ का लागि नतिजामुखी र जवाफदेही कार्यसम्पादनमा जोड दिँदै सचिव, सहसचिव तथा राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य–सचिवसँग कार्यसम्पादन सम्झौता गरेको छ ।

मन्त्री सिता बादीको उपस्थितिमा भएको सम्झौतामा मन्त्रालयका वार्षिक नीति, कार्यक्रम तथा लक्ष्य प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, तोकिएको जिम्मेवारीअनुसार लक्ष्य हासिल गर्ने र कार्यक्रमलाई समयमै सम्पन्न गर्ने विषय समेटिएको छ ।

सम्झौताअनुसार मन्त्रालयका सचिव तथा सहसचिवले आफ्नो जिम्मेवारीअनुसार नीति तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य–सचिवले पनि बाल अधिकार संरक्षण तथा प्रवर्द्धनसम्बन्धी कार्यक्रमलाई परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सम्झौताले कार्यक्रमको नियमित अनुगमन तथा मूल्याङ्कन, प्रगति र लक्ष्य प्राप्तिको समीक्षा तथा आवश्यक सुधारका कदमलाई प्राथमिकता दिएको छ । यसबाट मन्त्रालयको सेवा प्रवाह, कार्यक्रम कार्यान्वयन र संस्थागत जवाफदेहिता थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्