खानीजन्य पदार्थको बजार मुल्यको लागि उपसमिति – Kanika Khabar
Thursday, October 3Nepali News Portal

खानीजन्य पदार्थको बजार मुल्यको लागि उपसमिति

    मा प्रकाशित

कनिका खबर
दाङ ६ असोज
जिल्ला अनुगमन समितिको बैठक मंगलबार सम्पन्न भएको छ । बैठकले ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ अनरुप जिल्ला समन्वय समितिको प्रमुखको संयोजकत्वमा जिल्ला अनुगमन समिति गठन गरिएको छ । अनुगमन समितिको सदस्यहरुमा स्थानीय पालिका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, डिभिजन वन कार्यालय, आन्तरिक राजश्व कार्यालय र सडक पुर्वधार विकास कार्यालय प्रमुख छन् । समितिको सदस्य सचिवमा जिल्ला समन्वय अधिकारी छन् । त्यसैगरेर बैठकले खानीजन्य पदार्थको बजार मुल्यमा एकरुपता ल्याउन जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलको संयोजकत्वमा उप समिति समेत गठन गरेको छ । समितिले खानीजन्य पदार्थको बजार मुल्यको लागि कार्यविधि बनाउने भएको छ । उप समितिको सदस्यहरुमा आन्तरिक राजश्व कार्यालय प्रमुख, उद्योग वाणिज्य संघका प्रतिनिधि र टिप्पर व्यवसायी समितिका प्रतिनिधि छन् । उपसमितिको सदस्य सचिवमा घोराही उपमहानगरपालिका इञ्जिनियर छन् । नयाँ मापदण्डले नदीजन्य र खानीजन्य पदार्थको बजारमूल्य नियमन गर्न उत्खनन् लागत, कर, बजारको दूरी र निश्चित मुनाफाको आधारमा बजार मूल्य निर्धारण गर्नसक्ने अधिकार अनुगमन समितिलाई दिएको छ । बजार मूल्यभन्दा बढीमा ढुंगा गिट्टी बालुवा विक्री गरेमा विक्रीमा रोक लगाउनसक्ने अधिकार अनुगमन समितिलाई दिइएको छ । ढुंगा, बालुवा, गिट्टीबाट प्राप्त आयको ६० प्रतिशत सम्बन्धित स्थानीय तह र ४० प्रतिशत प्रदेशमा जाने व्यवस्था पनि मापदण्डमा छ । ढुंगा, गिट्टी, बालुवा लगायत नदीजन्य र खानीजन्य पदार्थको अनियन्त्रित दोहन रोक्न भन्दै सरकारले नयाँ मापदण्ड जारी गरेको छ । मन्त्रिपरिषद्को ५ साउनको बैठकले ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ पारित गरेको थियो । बैठक अनुगमन समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्