आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित

    मा प्रकाशित

कनिका खबर
काठमाडौं ६ असोज
आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित भएको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण दिनदिनै बढ्दै गइरहेको अवस्थामा युनियनको निर्वाचन गर्दा थप संक्रमण फैलिने भन्दै सरकारले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने र अहिलेको समितिलाई वैशाखसम्म निरन्तरता दिने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिनुभयो । असोज २४ गतेका लागि तय भएको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने र अहिलेको कार्यसमितिलाई २०७८ वैशाखसम्म निरन्तरता दिने निर्णय भएको उहाँको भनाइ छ । आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्नका लागि प्रदेश दुइका मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारलाई पत्र पठाउनुभएको थियो । उहाँले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेर उक्त निर्वाचन स्थगित गरिदिन आग्रह गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्