नेकपा अध्यक्षद्वय ओली र प्रचण्डविरुद्धको मुद्दा तामेली पठाउने सर्वोच्चको आदेश – Kanika Khabar
Thursday, March 28Nepali News Portal

नेकपा अध्यक्षद्वय ओली र प्रचण्डविरुद्धको मुद्दा तामेली पठाउने सर्वोच्चको आदेश

    मा प्रकाशित

कनिका खबर
काठमाडौं ६ असोज
सर्वोच्च अदालतले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने निर्णय गरेको छ । आज न्यायाधिश तेजबहादुर केसीको एकल इजलासले तत्कालीन एमाले र माओवादी केन्द्रको अध्यक्षका हैसियतमा दायर भएको अवहेलना मुद्दा तामेलीमा पठाउने आदेश दिएको हो । २०७४ मंसिर १० हुने प्रतिनिधिसभाको चुनावमा वाम गठबन्धन बनाएर निर्वाचनमा होमिएका दुई दलका अध्यक्षले जसरी पनि चुनाव हुनुपर्ने अभिव्यक्ति दिनुभएको थियो । तत्कालीन राजपाका नेता सर्वेन्द्रनाथ शुक्लाले प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव छुट्टाछुट्टै हुनुपर्ने भन्दै रिट दायर गर्नुभएको थियो । सर्वोच्चले पनि उहाँको माग बमोजिमको आदेश जारी गरेको थियो । शुक्लाले ओली र दाहालले अदालतको आदेशविरुद्ध अभिव्यक्ति दिएको भन्दै २०७४ कार्तिक १३ गते सर्वोच्चमा अवहेलना मुद्दा दर्ता गर्नुभएको थियो । उक्त मुद्दामाथि सुनिवाई गर्दै आज सर्वोच्चले निवेदकले नै तारिख गुजारेको भन्दै मुद्दलालाई तामेलीमा पठाउने निर्णय गरेको सर्वोच्च प्रशासनले जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्