मेची-महाकाली पदयात्रा गर्ने रास्वपा सांसद अमरेशको घोषणा – Kanika Khabar
Sunday, September 20Nepali News Portal

मेची-महाकाली पदयात्रा गर्ने रास्वपा सांसद अमरेशको घोषणा

    मा प्रकाशित

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले मेची-महाकाली पदयात्रा गर्ने घोषणा गरेका छन् ।

आइतबार बिहान जनकपुरधाममा सञ्चारकर्मीसँग भेटघाट गर्दै सांसद सिंहले छठ पर्वको भोलिपल्ट जनकपुरधामबाट मेची-महाकाली पद यात्रा गर्ने घोषणा गरेका हुन् ।

उनले भने- ‘छठ पर्वको अर्कोदिन मेची नदीको किनार पुगेर त्यहाँको माटो पनि र बालुवा मिलाएर एउटा गाग्रीमा राखेर लगेर महाकालीमा ठ्याक्कै माघे संक्रान्तिको दिन जौ तिल राखेर समर्पित गर्छु ।’

पदयात्राको बारेमा पार्टीलाई जानकारी गराएको बताउदै आफु सिमित दायरामा बस्ने व्यक्ति नभएको धारणा राखे ।  उनले पदयात्रामा आफु कम बोल्ने र जनताको कुरा बढी सुन्ने बताउदै दैनिक पाँच घण्टा हिड्ने र ७ घण्टा जनताको कुरा सुन्ने उल्लेख गरे ।

पार्टीमा आफुले कुनै गुटको राजनीति नगर्ने बताउदै आफुले अहिले मधेशीको पक्षमा अवाज उठाएको बताए । उनले भने- ‘म गुटबन्दीको विरोधमा छु, म गुटमा छु देश र जनताको गुटमा छु, मधेशको समृद्धि र सहभागिताको गुटमा छु, मेरो गुट छ, गुट बिना त राजनीति नै हुदैन । मधेशी अनुहार मात्र मागेको होइन सहभागिता पनि चाहियो भनेको हो ।’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्