नेकपा एकीकरणको योजना १० दिनभित्र अध्यक्ष द्वयले बुझाउने – Kanika Khabar
Thursday, June 25Nepali News Portal

नेकपा एकीकरणको योजना १० दिनभित्र अध्यक्ष द्वयले बुझाउने

    मा प्रकाशित

कनिका खबर
असोज ७, काठमाडौं
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सांगठनिक एकीकरणका बाँकी कामलाई पूरा गर्ने जिम्मा दुई अध्यक्षलाई दिएको छ । एकीकरणका बाँकी काम सक्ने योजना १० दिनभित्र बनाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका साथै महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिने सहमति हिजोको नेकपा सचिवालय बैठकले गरेको हो । फेरि सचिवालयमा छलफल गरेर निष्कर्षमा पुग्ने तय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकले अहिलेसम्म संवैधानिक आयोगमा रिक्त रहेका पदपूर्तिका साथै राजनीतिक नियुक्तिको काम पनि छिटो गरिसक्न प्रधानमन्त्रीलाई सुझाव दिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । बाँकी रहेका विविध एजेन्डामा २–३ दिन भित्र बैठक बसेर छलफल र निर्णय गर्ने प्रवक्ता श्रेष्ठले बताउनुभयो । प्रवक्ता श्रेष्ठले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गरिएकोमा सर्वोच्चमा रिट परेको विषयमा सरकारलाई सर्वोच्चबाट जानकारी आइनसकेको बताउनुभयो । औपचारिक जानकारी आएपछि कसरी अघि बढ्ने भन्नेमा आवश्यक छलफल र निर्णय लिइने उहाँको भनाइ थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्