नेपाली भूभाग नमिचेको चीनको दावी – Kanika Khabar
Sunday, July 19Nepali News Portal

नेपाली भूभाग नमिचेको चीनको दावी

    मा प्रकाशित

कनिका खबर
असोज ७, काठमाडौं
नेपालसँग जोडिएको कुनै पनि ठाउँमा सीमा विवाद नरहेको चीनले दाबी गरेको छ । नेपाली भूमिमा चीनले बनाएको भनिएका भवनहरूको सत्यतथ्य जाँच गर्न नेपाल स्वतन्त्र भएको पनि उसले जनाएको छ । हुम्लाको लाप्चाबगरमा चीनले नेपाली भूमि अतिक्रमण गरेर भवन बनाएको समाचार सार्वजनिक भएको बेला चीनको यस्तो धारणा आएको हो । काठमाडौँस्थित चिनियाँ दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै चीन र नेपालबीच कुनै पनि क्षेत्रीय विवाद नरहेको दावी गरेको हो । दुवै पक्षले सधैं सीमाबारे निकट सम्बन्ध बनाएको उल्लेख गर्दै नेपालको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गरेको चीनले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्