नेपाली भूभाग नमिचेको चीनको दावी – Kanika Khabar
Friday, March 29Nepali News Portal

नेपाली भूभाग नमिचेको चीनको दावी

    मा प्रकाशित

कनिका खबर
असोज ७, काठमाडौं
नेपालसँग जोडिएको कुनै पनि ठाउँमा सीमा विवाद नरहेको चीनले दाबी गरेको छ । नेपाली भूमिमा चीनले बनाएको भनिएका भवनहरूको सत्यतथ्य जाँच गर्न नेपाल स्वतन्त्र भएको पनि उसले जनाएको छ । हुम्लाको लाप्चाबगरमा चीनले नेपाली भूमि अतिक्रमण गरेर भवन बनाएको समाचार सार्वजनिक भएको बेला चीनको यस्तो धारणा आएको हो । काठमाडौँस्थित चिनियाँ दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै चीन र नेपालबीच कुनै पनि क्षेत्रीय विवाद नरहेको दावी गरेको हो । दुवै पक्षले सधैं सीमाबारे निकट सम्बन्ध बनाएको उल्लेख गर्दै नेपालको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गरेको चीनले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्