राजस्थान रोयल्सको विजयी सुरुवात – Kanika Khabar
Sunday, July 19Nepali News Portal

राजस्थान रोयल्सको विजयी सुरुवात

    मा प्रकाशित

कनिका खबर
असोज ७, दाङ
चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा राजस्थानले चेन्नाईलाई १६ रनले पराजित गरेको हो । सन् २००८ को पहिलो संस्करणको च्याम्पियन राजस्थानले १३औं संस्करणमा सुखद सुरुवात गरेको छ । पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको चेन्नाईले भने पहिलो हार व्यहो¥यो ।
राजस्थानले दिएको २ सय १७ रनको लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ६ विकेट गुमाएर २०० रन मात्र बनायो । चेन्नाईका लागि फाप डु प्लेसिसले सर्वाधिक ७२ रन बनाउनुभयो । उहाँले ३७ बल खेल्दै १ चौका र ७ छक्का प्रहार गर्नुभयो । शेन वाट्सनले ३३ रन बनाउँदा कप्तान महेन्द्र सिंह धोनीले अविजित २९ रन जोडे । अन्तिम ओभरमा धोनीले ३ छक्का प्रहार गरेका थिए । राजस्थानका लागि राहुल तेवाटियाले ३ विकेट लिनुभयो । त्यसअघि शारजहाँमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले ७ विकेट गुमाएर २ सय १६ रन बनाएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्