रौतहटमा अविरल वर्षा – Kanika Khabar
Sunday, July 19Nepali News Portal

रौतहटमा अविरल वर्षा

    मा प्रकाशित

उपेन्द्र गोले
असोज ७, रौतहट ।

रौतहटमा गए रातीदेखि अबिरल वर्षा भइरहेको छ । बर्षाका कारण नदी किनारका मानिसहरुमा त्रास रहेको भएतापनि किसानहरु भने खुशी भएका छन् । रौतहटको बागमति , बकैया नदी किनारका बासिन्दामा भने कति बेला पानीको बहाव बढेर डुवाउने हो भनी चिन्तामा रहेका छन् । अबिरल बर्षाका कारण रौतहटका नदी किनारका बासिन्दाहरु डुवानका पर्दै आएका छन् । वर्षा नहुँदा चिन्तित बनेका किसानहरु भने अहिलेको वर्षाले हर्षित भएका हुन ।
अबिरल बर्षा भएपछि खास गरी धान, उखु लगायतका बालीलाई धेरै फाइदा हुने भएको छ ।धान र उखुलाई पानीको आवश्यकता रहेकाले वर्षा भएपछि धान र उखुको उत्पादन बढने भन्दै किसानहरु हर्षित भएका छन् । पानीको आवश्यकता भएको बेला पानी नपरेपछि धानको उत्पादनमा कमी आउने भन्दै किसानहरु चिन्तित बनेका थिए ।
मंगलबारदेखि वर्षा हुन थालेपछि माधवनारायण नगरपालिका ६ माधोपुरका किसान शिव प्रसाद यादवले धानबालीको उत्पादन बढने भन्दै खुसी ब्यक्त गर्नु भएको छ । रौतहटमा सिचाईको सुविधा नभएको सदरमुकाम गौर लगायत राजदेवी, ईशनाथ, बौधिमाई, दुर्गा भगवती, यमुनामाई गाउँपालिका क्षेत्रमा धानको उत्पादनमा कमी आएको थियो तर धान फल्ने अहिले मुख्य समय भएको बेला भइरहेको वर्षाले धान उत्पादनमा वृद्धि हुने किसानहरुको विश्वास रहेको छ ।चन्द्रपुर नगरपालिका, गरुडा नगरपालिका, गढीमाई नगरपालिका, माधवनरायण नगरपालिका क्षेत्रमा नहरको सुविधा भएको र समयमा वर्षा पनि भएकोले यसवर्ष धान उत्पादनमा बृद्धि हुनेमा किसानहरुको विश्वास रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्