सक्रिय संक्रमित २५ हजार नाघेमा लकडाउन गर्न सिसिएमसीको सिफारिस – Kanika Khabar
Sunday, July 19Nepali News Portal

सक्रिय संक्रमित २५ हजार नाघेमा लकडाउन गर्न सिसिएमसीको सिफारिस

    मा प्रकाशित

 कनिका खबर
असोज ७, दाङ ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा लकडाउन गर्न सिफारिस गरेको छ ।
नेपालको स्वास्थ्य सेवाले २५ हजारभन्दा बढी सक्रिय सङ्क्रमितलाई व्यवस्थापन गर्न समस्या हुने भएकोले २५ हजार सङ्क्रमित नाघ्नासाथ लकडाउन गर्न सिफारिस गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार बुधबार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार चार सय १४ रहेको छ । बुधबार बिहान बसेको सीसीएमसी बैठकले जनस्वास्थ्य मापदण्ड पालना गर्न नसक्ने व्यवसाय एक महिना बन्द गर्न पनि सरकारलाई सिफारिस गरेको छ ।

अहिले कोरोनाका १७ हजार सक्रिय संक्रमित छन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्