निर्णय कार्यान्वयन गर्न प्रशासनकाे निर्देशन – Kanika Khabar
Monday, August 24Nepali News Portal

निर्णय कार्यान्वयन गर्न प्रशासनकाे निर्देशन

    मा प्रकाशित

कनिका संवाददाता

बैशाख २६, दाङ ।

जिल्ला प्रशासन कार्यालय दाङले विकास याेजनाका कार्य सञ्चालन गर्दा ताेकिएकाे मापदण्ड पूरा गर्न निर्देशन जारी गरेकाे छ ।

प्रमुख जिल्ला अधिकारी गाेविन्द प्रसाद रिजालकाे अध्यक्षतामा अाज शुक्रबार बसेकाे सुरक्षा समितिकाे बैठकले निर्णय कार्यान्वयन गर्न अनुराेध गरेकाे हाे ।

दाङका सबै स्थानीय तह, सम्बन्धित सबै कार्यालयहरू, निर्माण व्यवसायी संघ, उद्योग वाणिज्य संघ, अाैद्याेगिक प्रतिष्ठानहरू तथा चेम्बर अफ कमर्स दाङलाई सम्बाेधन गरी लेखिएकाे पत्रमा जिल्लाभित्र सञ्चालित विकास निर्माणका कार्य सञ्चालन गर्दा/ गराउँदा ताेकिएकाे मापदण्ड पालना भए नभएकाे अाफ्नाे क्षेत्रभित्र अावश्यक अनुगमन गरी लकडाउनकाे अादेश र मापदण्डकाे पूर्ण पालना गर्न र गराउन अावश्यक सहयाेग गरिदिन अनुराेध गरेकाे छ ।

No photo description available.

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्