तेजाव आक्रमण गर्नेलाई २० सम्मको जेल सजायको कानुन बन्दै – Kanika Khabar
Sunday, March 15Nepali News Portal

तेजाव आक्रमण गर्नेलाई २० सम्मको जेल सजायको कानुन बन्दै

    मा प्रकाशित

कनिका खबर
असोज ८, दाङ ।

तेजाब आक्रमण गर्नेहरुलार्ई २० वर्षसम्म जेल सजाय तोक्ने गरी सरकारले कानुन ल्याउने भएको छ । तेजाब आक्रमणबाट पीडितहरूलाई भएको क्षतिका आधारमा आक्रमणकारीलाई सजाय दिने प्रस्तावसहित कानुन मन्त्रालयले अध्यादेश तयार पारिसकेको छ।

अब बस्ने मन्त्रिपरिषदको बैठकमा तेजाव आक्रमणलाई नियमन गर्ने र दण्ड, सजायको गरी दुई वटा अध्यादेश लैजाने कानुन मन्त्रालयको तयारी छ।

अध्यादेशमा एसिड आक्रमणबाट पूर्ण क्षति भएमा २० वर्ष सजाय र १० लाख जरिवाना प्रस्ताव गरिएको छ।

ुतेजाब आक्रमणका कारण कुनै पनि व्यक्तिको दुवै आँखा गयो भने, दृष्टि जल्यो भने, सुन्ने शक्ति हरायो, नाक जल्यो, अनुहारमा पूर्ण रूपमा क्षति भयो भने २० वर्ष कैद र १० लाख जरिवाना रहेको छ । ु
एउटा आँखा, एउटा कानमा क्षति भयो भने १० देखि २० वर्षसम्म कैद प्रस्ताव गरिएको छ भने अंगभंग हुने र शारीरिक क्षति भयो भने ५ देखि १० वर्ष कैद बस्नुपर्ने प्रावधान राखिएको छ।

अध्यादेशमा तेजावको विक्री वितरणका लागि लाइसेन्स अनिवार्य गर्न प्रस्ताव गरिएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्