कांग्रेस केन्द्रीय समितिमा कार्यसूची पेश, बैठक बुधबार पनि बस्ने – Kanika Khabar
Tuesday, November 24Nepali News Portal

कांग्रेस केन्द्रीय समितिमा कार्यसूची पेश, बैठक बुधबार पनि बस्ने

    मा प्रकाशित

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति गगन थापाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा बसेको छ ।

बैठकको प्रारम्भमा सभापति थापाले समसामयिक राजनीतिक विषयमा विशेष सम्बोधन गरेका थिए। त्यसपछि महामन्त्री प्रदीप पौडेलले बैठकका लागि विभिन्न कार्यसूची प्रस्तुत गरेका थिए ।

बैठकमा संगठनको आगामी कार्यभारअन्तर्गत ‘हामी तयार छौँ’ अभियान, भोटेकोशी र बूढीगण्डकी विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माण, विस्थापित सुकुम्बासीको व्यवस्थापन र नागरिक सरोकारका विषयमा छलफल गर्ने कार्यसूची तय गरिएको छ ।

त्यस्तै, सरकारका पछिल्ला गतिविधि र आगामी स्थानीय निर्वाचनका विषयमा प्रारम्भिक छलफल गर्ने कार्यसूची रहेको कांग्रेसले जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्