वर्षाका कारण देशभरिको जनजीवन प्रभावित, स्याङजा र पाल्पामा पहिरो – Kanika Khabar
Friday, April 19Nepali News Portal

वर्षाका कारण देशभरिको जनजीवन प्रभावित, स्याङजा र पाल्पामा पहिरो

    मा प्रकाशित

कनिका खबर
असोज ८, दाङ ।
लगातारको वर्षाका कारण देशभरिको जनजीवन प्रभावित भएको छ । देशभरि पानी परिरहेको छ ।स्याङजा र पाल्पामा गएराति पहिरो जाँदा १ जनाको मृत्यु भएको छ, १४ जना वेपत्ता भएका छन् । पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा अविरल वर्षापछि आज बिहान पहिरो जाँदा तीन घर पुरिएका छन् । घर पुरिँदा ६ जना वेपत्ता भएका छन । बेलौजा स्वास्थ्य चौकी नजिकै माथिल्लो भागबाट खसेको ठूलो पहिरोले दुई घर पुरिएको रेडियो रामपुर पाल्पाले खबर पठाएको छ ।
स्याङ्जामा पहिरोले घर भत्काउँदा एक जनाको मृत्यु भएको छ , ८ जना पुरिएका छन् । अर्का एक जनाको उद्धार गरिएको छ । वालिङ नगरपालिका वडा नम्बर १४ मामाया परियारको घर पहिरोले भत्काएको प्रहरीले जनाएको छ । घरभित्र १० जना रहेकामा अहिलेसम्म एक जनाको शव निकालिएको र अर्का एक जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्