रसुवागढी नाका खुले पनि सामान आउन थाल्यो – Kanika Khabar
Monday, November 17Nepali News Portal

रसुवागढी नाका खुले पनि सामान आउन थाल्यो

    मा प्रकाशित

देवचन्द भट्ट
असोज ८, नुवाकोट ।
नेपाल–चीन प्रवेशका लागि छोटो दुरीको रसुवागढी नाका सुचारु भएपछि सामान आउन थालेको छ । हिजोबाट नाका खुलेपछि आज बिहानैदेखि केरुङबाट रोकिएका सामानहरु कन्टेनरमा आउन थालेका छन् ।

चीनसँगको व्यापारिक नाका रसुवागढी बन्द भएको तीन सातापछि सञ्चालनमा आएसँगै चिनियाँ सामग्रीको आयात पनि सुरु भएको छ । रसुवागढी नाका काठमाडौदेखि एकसय ५२ किलोमिटर उत्तर भोटेकोशी नदी किनारामा रहेको छ ।

नेपालतर्फ समान लोडअनलोड गर्ने एक जना कामदारमा कोरोना संक्रमण देखिएपछि कोभिडको जोखिम देखाउँदै चिनियाँपक्षले तीन सातादेखि बन्द गरेको रसुवागढी–केरुङ नाकामा कन्टेनरमा चिनियाँ सामग्रीको आयात सुरु भएसँगै नाका फेरि सुचारु भएको हो । कोभिडको जोखिम देखाउँदै चिनियाँपक्षले मितेरी पुलको नजिकै निमार्ण गरिएको अस्थायी याडसम्म सामान ल्याएर झारिदिने र त्यहाँबाट नेपाली पक्षले लोड गरेर नेपाल ल्याउनु पर्ने व्यवस्था मिलाइएको छ ।

नेपालीहरुको ठुला पर्वहरु वडादशैं तथा तिहार मुख्य पर्व लक्षित सामानहरु बढी परिमाणमा सीमामा रहेकाले यस्ता सामानहरु नेपाल पठाउन चीनियाँ पक्षलाई आग्रह गरिएको रसुवा भन्सार कार्यालयका प्रमुख पुन्य विक्रम खड्काले जानकारी दिए । रसुवागढी नाका हुँदै चीनसँग हुने व्यापारमा ८ महिनादेखि जारी कोरोना महामारी, बाढी पहिरोका कारण एक हजार पाँच सय भन्दा बढी कन्टेनरलाई पुग्ने सामग्री केरुङमै रोकिएको व्यापारीहरूको भनाई छ ।

गत आर्थिक बर्षमा रसुवागढी नाका भएर कुल २६ अर्ब ४६ करोड बराबरको सामग्री भित्रिएको थियो । कोभिडको जोखिम देखाउँदै चीनियाँ पक्षले मितेरी पुलसम्म सामान ल्याएर झारी दिने र त्यहाँबाट नेपाली पक्षले लोड गरेर नेपाल ल्याउनु पर्ने व्यवस्था गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्