दंगीशरणले कोरोना नियन्त्रणका लागि छुट्याएको रमक मध्ये ७६ दशमलव ०९ प्रतिशत खर्च गर्यो – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

दंगीशरणले कोरोना नियन्त्रणका लागि छुट्याएको रमक मध्ये ७६ दशमलव ०९ प्रतिशत खर्च गर्यो

    मा प्रकाशित

दिप्तीशिखा चौधरी

दाङ, असोज ८।

दाङको दंगीशरण गाउँपालिकाले कोरोना नियन्त्रणका लागि छुट्याएको रकम मध्ये ७६ दशलव ०९ प्रतिशत रकम खर्च गरेको छ । विभिन्न शिर्षकबाट कोरोना नियन्त्रणका लागि छुट्याएको ५१ लाख ३ हजार ५ सय ६१ रुपैया मध्ये ३८ लाख ८३ हजार २ सय १५ रुपैया खर्च भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अुनसार अब १२ लाख २० हजार ३ सय ४६ रुपैयाँ अर्थात ३ दशमलव ९१ प्रतिशत बचत रहेको छ ।

नेपालमा कोरोना देखिएपछि गाउँपालिकाले चैत्र १० गतेबाट सेवा दिन रोक लगाउदै आवश्यक पूर्व तयारी र ब्यवस्थापनका लागि सचेतना प्रदान गर्ने, स्वास्थ्यकर्मीहरुका लागि आवश्यक शुरक्षा सामग्री उपलब्ध गराउने र गाउँपालिका भित्र माईकिंग मार्फत कोरोनाबाट सतर्क रहन प्रचारप्रसार गर्ने लगाएतका कार्यलाई अगाडि बढाएको थियो ।

यो बीचमा गाउँपालिकाले समस्यामा परहेको अति विपन्न नागरीकहरुलाई वडासँगै पालिका स्तरबाट दुई चरणमा राहत बाडेको थियो । पालिकाले पहिलो चरणमा ७ वटै वडामा अति विपन्न २५ घरधुरीलाई पुग्ने गरी ५ क्विन्टल चामल, २५ के.जी. नुन, २५ केजी दाल, २५ पोका तेल गरी जम्मा ३५ क्विन्टल चामल, १ सय ७५ के.जी. दाल, १ सय ७५ केजी नुन, १ सय ७५ लिटर तेल उपलब्ध गराएको दंगीशरण गाउँपालिकाका अध्यक्ष्य भागिराम चौधरीले बताउनुभयो । यस्तै दोस्रो चरणमा १, २, ३ मा अति विपन्न घरपरिवारको संख्या धेरै भएकाले ७५ घरपरिवार र ४, ५, ६ र ७ मा ५० घरपरिवारलाई राहत वितरण गरेको थियो ।

लकडाउनको समयमा नागरिकहरु घर फर्किन थालेपछि पालिकाले शुरुमा विरेन्द्र मा.वि. हेकुलीमा ५ बेडको क्वारेन स्थापना गरेको हो । क्वारेन्टाईन स्थापना भएसगैं बाहिर जिल्ल बाट आउने नागरीकहरुको संख्या पनि बढ्न थाल्यो । जनप्रतिनिधिहरु अलपत्र परेका नागरीकहरुलाई ल्याउँदै क्वारेन्टाईनमा राख्ने कार्यलाई अगाडि बढाए । विशेष शुरक्षा र सर्तकता पूर्वक क्वारेन्टाईन निर्माण संगै क्वारेन्टाईमा राख्ने ब्यवस्थापन गरेको थियो । बाहिर बाट आउने नागरीकहरुको संख्या बढदै गएपछि पालिकाले २ वटा सामुदायीक बिधालयमा २५–२५ बेडको क्वारेनटाईन निर्माण गरिएको थियो । बाहिर बाट आउँने नागरीकहरुलाई क्वारेनटाईनमा राख्दै स्वाव पठाउँने कार्यलाई तिव्रता दिँदै लगेपछि असार ३ गतेसम्म आईपुग्दा दंगीशरणमा कोरोना संक्रमित शुन्य रहेको स्वास्थ्य शाखा प्रमुख दशरथ गिरीले जानकाी दिनुभयो ।

अशार १५ गते को पिसिआर रीपोर्टमा २ जनामा कोरोना पोजेटिभ देखिएपछि गाउँपालिकाले थप सर्तकताका साथ चेकजाचँलाई तिव्रता दिनुको साथै बाहिरबाट आउँने नागरिकहरुलाई पूर्ण ब्यवस्थापनका साथ पालिकामा भित्राउने कार्यलाई कडाई गर्नमा लागेको थियो । यस्तै साउन ४ गते सम्मको कारोना परिक्षण पछि दंगीशरणमा कोरोना संक्रमितको सख्ंया ५ पुगेको थियो । यस पछि कोरोना परिक्षण दरलाई बढाएको थियो भने स्वास्थ्यकर्मीहरु कोभिडलाई न्यूनिकरण गर्नका लागि लागिपरेका थिए । यस्तै २४ औँ घण्टा एम्बुलेन्सको ब्यवस्थापन गरिएको थियो ।
दंगीशरणमा पछिल्लो तथ्यांक अनुशार दुई क्वारेन्टाईनमा ६५ – ६५ बेडको १ सय ३० वटा बेड रहेको थियो । ४७ जना महिला र २ सय ८६ पुरुष गरि ३ सय ३३ जना भर्ना भएका थिए । त्यसमध्ये ६५ जना विदेश बाट आएका थिए । २ सय १५ जना भारत बाट र ५३ जना अन्य जिल्ल बाट आएको कोभिड फोकल पर्सन बालकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

सांसद के.सी द्धारा सहयोग
यसैबीच प्रतिनिधि सभा सदस्य हिराचन्द्र क.सी. ले दंगीशरण गाउँपालिकाको कोरोणा कोषमा ११ लाख ४६ हजार ६१ रुपैँया सहयोग गर्नुभएको छ । यस्तै सांसद के.सी.ले स्वास्थ्यकर्मीहरुका लागि आकस्मिक स्वास्थ्य सामग्री समेत सहयोग गर्नुभएको थियो । पिपिई, ग्लोबस, थर्मोमिटर लगाएतका सामग्री सहयोग गर्नुभएको हो ।

विभिन्न संघ सस्ंथाद्धारा स्वास्थ्य र खाध्य सामग्री सहयोग
दंगीशरण गाउँपालिकालाई कोभिड-१९ को समयमा कुनै पनि आर्थिक संकट नहोस् भन्दै विभिन्न संघसस्ंथाले सहयोग कार्यलाई जारी राखेका थिए । कोभिडको समयमा विभीन्न स्वास्थ्य सामग्री सहयोग स्वरुप उपलब्ध गराएका थिए । सहयोग गर्नेमा नेपाल रेडक्रस सोसाईटि दाङद्धारा आकस्मिक स्वास्थ्य सामग्री, महिला सामुदायीक लघुबित्त वित्तिय सस्ंथा द्धारा खाध्यान्न, राप्ती लाईफ केयरद्धारा खाध्यान्न, नेपाल राष्ट्रिय शिक्षक संगठन युवा संघ नेपाल, यूवा प्रोसपेरिटि तुलसीपुर, समाजमा वातावरणिय शिक्षाको विकाश सिड सस्ंथा तुलसीपुर, दाङ निर्माण ब्यवसायी संघ, सहकर्मी समाज सुर्खेतद्धारा खाध्य सामग्री, अमेरीकि नियोग यूयसएआईडिको साझेदारी संघियता सहयोग कार्यक्रम मार्फत स्वास्थ्य सामग्री, रोटरी क्लव अफ तुलसीपुर सिटीद्धारा स्वास्थ्य सामग्री सहयोग पाएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले जानकारी दिनुभयो।

सिसाद्धारा कोभिड-१९ का बारेमा छलफल
दंगीशरण गाउँपालिकामा कोभिड १९ को कार्यक्रम कत्तीको प्रभावकारी भयो भन्ने बिषयमा सिसा नेपालले बुधवार अन्र्तक्रियात्मक छलफल गरेको छ । छलफलका क्रममा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दंगीशरणमा थेग्न नसक्ने गरि कोभिड १९ नभित्रिएको बताउनुभयो । देश विदेशमा महामारीको रुपमा फैलीएको कोरोनालाई रोकथाम गर्नका लागि गाउँपालिकाले समय र परिस्थति अनुशारको कार्यक्रम संचालन गरेको भन्दै सहयोगी संघसस्ंथासँगै हातेमालो गर्दै अगाडि बढेको बताउनुभयो ।

यस्तै उपाध्यक्ष पिमा कुमारी खड्काले पहिलो चरणबाट सतर्कता अपनाउँदै कार्य गरेकाले दंगीशरणका नागरिकहरु कोरोना संक्रमण हुनबाट जोगीएको बताउनुभयो । यस्तै प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले बाहिरबाट आउँने नागरिकहरुलाई गाउँ अथवा घरमा जान नदिई सिधैँ क्वारेन्टाईमा ब्यवस्थापन गरेकाले कोभिड १९ बाट आज सम्म बच्न सफल भएको बताउनुभयो। साथै क्वारेन्टाईनमा बस्ने नागरीकहरुलाई खाने बस्ने ब्यवस्थापनमा समेत गाउँपालिकाले ध्यान दिएको उहाँले बताउनुभयो ।

छलफलमा प्रशासन शाखा प्रमुख यादव डांगी, स्वास्थ्य शाखा प्रमुख दशरथ गिरी, विपद ब्यवस्थापन समिती संयोजक बालकृष्ण भण्डारी, कार्यपालिका सदस्य दिल कुमारी बि.क.,आङ्ने चौधरी, ईलाका प्रहरी कार्यालय हेकुलीका प्रहरी नायव निरीक्षक कमल थापा,जेष्ठ नागरीक टिका डांगी, आमा समुहको सहभागिता रहेको थियो । सिसा नेपाल द्धारा यू.एस.ए.आई.डि. साझेदारी संघियता सहयोग कार्यक्रमको सहयोगमा कोभिड १९ को बारेमा आम जनसमुदायका लागि जनचेतनामूलक प्रतिकार्य सम्बन्धि छलफल भएको हो ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्