कनिका खबर
असोज ९, नवलपरासी ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा गुडिरहेको बसमाथि पहिरो गएको छ । पहिरोले बस पुरिदा एक जनाको मृत्यु भएको छ । हिजो साँझ विनयीत्रिवेणी गाउँपालिका–२ विश्वकर्मा बाबामन्दिर नजिकै माथिबाट खसेको पहिरोमा परी ना ५ ख.७९४० नम्बरको बस पुरिएको प्रहरीले जानकारी दिएको छ । माटोको लेदोसहितको पहिरोले बस पुरिँदा घाइते भएकामध्ये रुकुमपश्चिम आठबीसकोठ गाउँपालिकाका २५ वर्षका हरिषचन्द्र केसीको गएराति उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । घाइतेमध्ये ४ जनाको मेडिकल कलेज भरतपुर र अन्यको जिल्ला अस्पताल नवलपुरमा उपचार भइरहेको छ । पहिरोले अवरुद्ध भएको सडक आजबिहान ४ बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
मा प्रकाशित