वर्षापश्चातको पहिरोले ठाउँ ठाउँमा सडक खण्ड अबरुद्ध – Kanika Khabar
Friday, March 29Nepali News Portal

वर्षापश्चातको पहिरोले ठाउँ ठाउँमा सडक खण्ड अबरुद्ध

    मा प्रकाशित

कनिका खबर
असोज ९, दाङ ।
वर्षापश्चातको पहिरोले देशका विभिन्न ठाउँमा सडक खण्ड अबरुद्ध भएका छन् । मुख्य राजमार्ग समेत पहिरोले अवरुद्ध भएपछि यातायातका साधान रोकिएका छन् । लमजुङको राइनास नगरपालिका ८ को गौरीटारमा पहिरो खस्दा राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्ड बन्द भएको छ । यस्तै पृथ्वी राजमार्गको धादिङ खण्डमा ठाउँ–ठाउँमा पहिरो गएको छ ।
तनहुँको भीमादनगरपालिका २ का खडानन्द सिग्देलको गोठ भत्किँदा गोठमा रहेका वस्तु मरेका छन् । निरन्तर परेको पानीले गर्दा चितवनको नारायणी नदीमा आएको बाढी मानव बस्तीमा पसेको छ । तीन दिनदेखि परेको पानीले गर्दा नदीको सतह बढेपछि स्थानीयलाई सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ । चितवनमा नारायणी, रापती, माडीको रिउलगायतको नदी र खोलामा बाढी आएको छ ।
चितवन र नवलपरासीको सीमा भएर बग्ने नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गमथलोतर्फ निरन्तर पानी परिरहेकाले सतह अरु बढ्ने अनुमान गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्