दानबहादुर कार्कीको रिटको पेशी आज – Kanika Khabar
Wednesday, November 25Nepali News Portal

दानबहादुर कार्कीको रिटको पेशी आज

    मा प्रकाशित

काठमाडौँ । दानबहादुर कार्कीले दिएको रिटको पेशी आज हुदै छ ।

यसअघि सोमबार प्रहरी महानिरीक्षक डा. मनोज केसीले म्याद नबुझेका कारण सुनुवाई हुन सकेको थिएन ।  अन्तरिम आदेशबारेको निर्णयका लागि हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा दुबै पक्षबाट बहस हुने तय भएको थियो ।

छलफलका लागि प्रहरी महानिरीक्षक केसी उपस्थित नभएपछि आजको सुनुवाइ रोकिएको थियो ।  केसी उपस्थित नभएपछि इजलासले केसीलाई म्याद बुझाएर आज पेशी तोक्न आदेश दिएको थियो ।

यसअघि मंसिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको थियो।

मन्त्रिपरिषदको कात्तिक १८ गते भएको प्रमाणित प्रतिलिपि र अन्य कुनै कागजात भए त्यसलाई समेत आजको सुनुवाइमा ल्याउन भनिएको थियो । त्यस्तै, सर्वोच्च अदालतले पनि सरकारका नाममा १५ दिनभित्र लिखित जबाफ पेस गर्न भनेको छ।

कात्तिक १८ गते बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकारको नियुक्ति दिने निर्णय गरेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्