आईपीएलमा किङ्स इलाभेन पन्जाबको पहिलो जीत – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

आईपीएलमा किङ्स इलाभेन पन्जाबको पहिलो जीत

    मा प्रकाशित

कनिका खबर
असोज ९, दाङ
किङ्स इलाभेन पन्जाबले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । गयराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले पराजित गर्दै पन्जाबले पहिलो जित निकालेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा पन्जाबले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको बैंगलोर १७ ओभरमा अलआउट हुँदै १ सय ९ रनमा समेटियो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ३ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो । पन्जाबका लागि कप्तान केएल राहुलले अविजित रहँदै १ सय ३२ रनको शतकीय इनिङ्स खेल्नुभयो । राहुल, यस सिजनको आईपीएलमा शतक बनाउने पहिलो खेलाडी बन्नुभएको छ । जितसँगै पन्जाबले २ खेलमा २ अंक जोडेको छ । नेट रनरेटको आधारमा, पन्जाब तालिकाको शीर्ष स्थानमा रहेको छ । बैंगलोर भने २ खेलमा २ अंकसहित छैटौं स्थानमा रहेको छ । आज चेन्नई सुपर किङ्स र दिल्ली क्यापिटल्स्बीच प्रतिस्पर्धा हुनेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्