कनिका खबर
असोज ९, दाङ ।
नेपालको छिमेकी राष्ट्र भारतमा कोराना भाइरसबाट सङ्क्रमित भएका मध्ये एकै दिनमा १ हजार १ सय ४१ जनाको मृत्यु भएको छ ।
सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८६ हजार ५२ जना नयाँ सङ्क्रमितहरु थपिएका छन् ।
भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ५८ लाखभन्दा बढी पुगेको अधिकारीहरुले बताएका छन् ।
कुल सङ्क्रमितमध्ये अहिले ९ लाख ७० हजार ११६ जना मात्रै सक्रिय सङ्क्रमित अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सङ्क्रमित भएका मध्ये ४७ लाख ५६ हजार १६५ जना सङ्क्रमणमुक्त भएका छन् भने ९२ हजार २९० जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।