सुर्खेतमा प्लास्टिकले बेरेर फालिएको नवजात शिशुको शब फेला – Kanika Khabar
Thursday, April 18Nepali News Portal

सुर्खेतमा प्लास्टिकले बेरेर फालिएको नवजात शिशुको शब फेला

    मा प्रकाशित

कनिका खबर
असोज ९, सुर्खेत ।
आज शुक्रबार बिहान सुर्खेतको वीरेन्द्रनगरमा एक नवजात शिशुको शव भेटिएको छ । नवजात शिशुको शव जिल्लाको वीरेन्द्रनगर नगरपालिका ६, खोर्के खोलामा प्लास्टिकमा बेरेर फालिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको हो ।

शिशुको शवलाई पोष्टमार्टमको लागि कर्णाली प्रदेश अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख, एसपी राजेन्द्रप्रसाद भट्टले बताए ।

एसपी भट्टले भने “जन्मिने वित्तिकै शिशुलाई प्लाष्टिकले बेरेर खोलामा फलिएको पाइएको छ,’ एसपि भट्टले भने, ‘कसले र कहिले शिशु फालेको भन्नेबारे अनुसन्धान भइरहेको छ ।”

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्