लकडाउनका कारण रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक – Kanika Khabar
Friday, April 26Nepali News Portal

लकडाउनका कारण रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक

    मा प्रकाशित

कनिका खबर
असोज ९, काठमाडौँ ।
लोकसेवा आयोगले लकडाउनका कारण रोकिएका परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ । आयोगले आज शुक्रबार शाखा अधिकृत, नायब सुब्बा र स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको परीक्षा तालिका सार्वजनिक गरेको हो ।
आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार न्याय सेवातर्फका अधिकृत पदको पहिलो, दोस्रो र तेस्रो पत्रको परीक्षा क्रमशः कात्र्तिक १८, १९ र २० गते हुने छ । व्यवस्थापिका संसदतर्फ आन्तरिक प्रतिस्पर्धाको पहिलो पत्रको परीक्षा कात्तिक २१ गते र दोस्रो पत्रको परीक्षा कात्तिक २२ गते हुने छ । यसैगरी परराष्ट्र, प्रशासन, लेखा परीक्षण र संसद सेवातर्फ खुला तथा समावेशी परीक्षा कात्तिक २३ गतेदेखि सुरु हुने छ । नायब सुब्बा पदको द्वितीयपत्रको परीक्षा मंसिर ७ गते हुनेछ । तृतीय पत्रको परीक्षा मंसिर ८, ९, १० र ११ गते तोकिएको छ । परराष्ट्रतर्फ अंग्रेजी र कूटनीति विषयको परीक्षा भने मंसिर १२ गते हुने आयोगले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्