प्रतिष्ठानकाे बृहत्तर विकासका लागि भेटघाट तीव्र – Kanika Khabar
Saturday, April 20Nepali News Portal

प्रतिष्ठानकाे बृहत्तर विकासका लागि भेटघाट तीव्र

    मा प्रकाशित

 कनिका संवाददाता

बैशाख २७, दाङ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे बृहत्तर।विकासका लागि काठमाडौं पुगेकाे टाेलीले भेटघाटलाई तीव्र बनाएकाे छ । नेपाल निर्माण व्यावसायी महासंघ प्रदेश ५ का अध्यक्ष बलिभद्र राना र नेकपा रोल्पाका युवा नेता कुमार दसौदी लगायतकाे टाेली शुक्रबार स्वास्थ्य मन्त्रालय पुगेर भेटघाट गरेको भेटघाटमा सहभागी अधिवक्ता निकेशकुमार लम्सालले बताए ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई भेटेको डेलिगेसन टाेलीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई भेटेर प्रतिष्ठानको विकासका लागि र कोरोनाको महामारी रोकथामका लागि सरकारले दिने बजेट कुनै कञ्जुस्याइँ नगरी प्रदान गरिदिन आग्रह गरेको थियो । प्रतिष्ठानले कोभिड १९ विरुद्ध गरिरहेको तयारी र प्रतिष्ठानको समग्र हितका लागि बजेट दिई सहयोग गर्न राज्यमन्त्रीलाई डेलिगेसन टाेलीले आग्रह गरेको छ ।

प्रतिष्ठानमा किट अभाब रहेको भन्दै किट पर्याप्त व्यवस्था गरिदिन स्वास्थ्य मन्त्री र राज्यमन्त्रीलाई आग्रह गरेको र त्यो तत्कालै व्यवस्थापन गरिदिने प्रतिबद्धता जनाएको रानाले बताए । डेलिगेसन टाेलीमा नेपाल उद्याेग वाणिज्य महासंघका केन्द्रीय सदस्य धुर्बराज श्रेष्ठ भारी, दाङ जिल्ला उवासंघका अध्यक्ष नारायण भुसाल, बिष्णु गुप्ता रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्