आजबाट मौसमका क्रमिक सुधार आउने – Kanika Khabar
Sunday, April 19Nepali News Portal

आजबाट मौसमका क्रमिक सुधार आउने

    मा प्रकाशित

कनिका खबर
असोज १०, काठमाडौं
केही दिनदेखि परेको लगातारको झरी आजदेखि भने कम भई मौसम खुल्दै जाने मौसमविदले जनाएका छन् । बङ्गालको खाडीबाट भित्रिने पश्चिमी वायुको प्रभावले आजदेखि मौसममा सुधार आउने देखिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । भारतको छत्तिसगढको उत्तर पश्चिम हुँदै भारतकै मध्यप्रदेशको पूर्वी क्षेत्रमा विकसित भएको न्यून चापीय क्षेत्रले नेपालमा मनसुन सक्रिय गराएको थियो । केही दिनयता परेको वर्षाले देशका विभिन्न स्थानमा क्षति पु¥याएको थियो । मौसमविदहरूले आजदेखि केही क्षेत्रमा मौसम खुले पनि मनसुन सकिन अझै केही दिन लाग्ने बताएका छन् । आज कर्णाली प्रदेश, सुदुरपश्चिम र प्रदेश नम्बर ५ मा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको महाशाखाले जनाएको छ । यस्तै आज दिउँसो प्रदेश नम्बर १, प्रदेश नम्बर २, बागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थानहरू तथा प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही, धेरै स्थानहरुमा मेग गर्जनर चट्याङ्ग पर्ने र हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नम्बर १, र प्रदेश नम्बर २ को एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्